धौलागिरि अस्पतालमा कोभिड–१९ प्रयोगशाला
धौलागिरिका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरि अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं कुनुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।
सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । मेसिन अहिले परीक्षणमा रहेको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिए । पोख्रेलले भने, ‘सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।’
मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताए । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् ।
मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस