टाटाको नयाँ इलेक्ट्रीक कार ‘एक्स प्रेस–टी’ सार्वजनिक हुँदै
टाटाले चाडै नै नयाँ इलेक्ट्रीक सेडान कार ‘एक्सप्रेस-टी’ सार्वजनिक गर्ने भएको छ ।
‘एक्सप्रेस-टी’ टिगोर इभीको फेसलिफ्ट मोडलको सो कार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
यसमा कम्पनीले ४१ हर्स पावर र १०५ एनएम टर्क प्रदान गर्ने मोटर समेत जडान गरेको छ । कम्पनिका अनुसार यो कारले एक पटकको फुल चार्जमा १६५ किलोमिटर रेञ्ज प्रदान गर्ने छ भने यसको उच्चगति क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको व्याट्री फुलचार्ज गर्न ८ घन्टा लाग्ने छ भने फास्ट चार्जरबाट सून्यदेखि ८० प्रतिशत चार्ज गर्न १ घन्टा ३० मिनेट लाग्ने कम्पनिले जनाएको छ ।
एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, एलइडी टेल ल्याम्प, १४ इन्चको अलोय ह्वील, अटो क्लाइमेट कन्ट्रोल, हर्मनको साउन्ड सिस्टम, तीन प्रकारको ड्राइभिङ मोड, पावर विन्डो, पावर विङ मिरर, रमोट लक जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
टाटाको नयाँ इलेक्ट्रीक कार ‘एक्स प्रेस–टी’ मा २१.५ किलोवाट आवरको व्याट्री दिइएको छ । सो कारको मुल्य भने सार्वजनिक गरिएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस