घरगोठमा आगलागी

दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।
स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन् । आगलागी के कसरी भयो भन्ने खुल्न नसकेको उनको भनाइ छ । आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन् । अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरुप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताए । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस