बिहीबार राति वीणा उल्का वर्षा
मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ११ः०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्षा उच्च देखिने उनले सुनाए । अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ । ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेतारा सूर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँछ ।
पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलन सक्छ । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस