• जीवनशैली | Jiwanshaili
  • आगलागीमा १५ लाखको क्षति


    विद्युत् चुहिएर आज बिहान सिरहाको मिर्चैया नगरपालिका–६ जीवामा आगलागी हुदाँ करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

    आगलागीबाट स्थानीय सन्तु राउतको घर पूर्णरूपमा जलेर नष्ट भएको छ । घरमा रहेका भाँडाकुँडा, फर्निचर, खाद्यान्नलगायतका सबै सामान जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउत घाइते भएको बताइएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस