• जीवनशैली | Jiwanshaili
  • कोरोनाका कारण एकैदिन थप ५ जनाको ज्यान गयो


    नेपालमा कोरोना भाईरसले एकैदिन थप ५ जनाको ज्यान लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५ जना कोरोना संक्रमित को मृत्यु भएको हो ।

    यो संगै कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ७ पुगेको छ ।

    गएको चौबिस घण्टामा नेपालमा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस