• जीवनशैली | Jiwanshaili
  • भिरबाट लडेर महिलाको मृत्यु


    संखुवासभाको पाचखपन–२ स्याबुनमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

    बंगुरलाई आहार खोज्न गएकी ५८ वर्षीया रानीमाया तामाङको पाचखपन–३ स्थित ढाडेखोला भीरबाट लडेर मृत्यु भएको श्रीमान् भोलामान तामाङले बताउनुभयो ।

    साँझमा निस्किएकी श्रीमती रातिसम्म नआएपछि खोज्न जाँदा उनलाई मृत अवस्थमा भेटिएको थियो । रानीमानयाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस