साङ्घाईको एक कारखानामा आगलागीमा आठको मृत्यु
चीनको साङ्घाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।
विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ ।
स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ ।
वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस