आगलागीपिडितलाई गाउँपालिकाको राहत
घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्तबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा नगद प्रदान गरेको हो ।
गत चैत ३१ गते घर जलेपछि भुजेल परिवार टहरोमा बस्दै आएको छ । हावाहुरी र पानी आउँदा भुजेल परिवारलाई समस्या पर्दै आएको छ । गाउँपालिकाले पीडित परिवारलाई दुई बोरा चामल, एउटा त्रिपाल, पाँच केजी दाल, दुई पोका नून, दुई लिटर तेल र रु २५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु २० हजार प्रदान गरेको छ ।
जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर भुजेल परिवार यतिबेला दैनिकी गुजारिरहेको छ । संयुक्त यस परिवारमा सात जना सदस्य छन् । भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलको पहलमा सोमबार खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । पीडितको घर निर्माणका लागि जस्तापाता जुटाउने अभियान पनि शुरु भएको उनले जानकारी दिए
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस