सडक खन्दा ढुङ्गा लागेर मृत्यु
सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् ।
खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको हो । जेसिबिका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरीयाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस