मकवानपुरका सङ्क्रमितको मृत्यु
मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे मृत्यु भएको हो । छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस