आज यी स्थानमा पानी पर्ने
आज २०७८ बैशाख ११ गते शनिबार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।
हाल देशको सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भूभागमा मेघ गर्जन सहित वर्षा गराउने बादलको विकाश भै मेघ गर्जन सहित थोरै वर्षा भई रहेको छ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
आज बिहान देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडि भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राती देशका पहाडी भूभागमा आँशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ। पहाडि भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस