कोहलपुरमा आजदेखि एक साता लकडाउन गर्ने निर्णय
कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ।
कोहलपुर नगरपालिका स्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले आज राति १२ बजेदेखि बैशाख १९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
लकडाउनको अवधिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य कुनैपनि कार्य गर्न नपाइने जनाइएको छ। यता संक्रमण समुदाय स्तरमा फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकामा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन गरिसकेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस