• जीवनशैली | Jiwanshaili
  • श्रीमानको हत्या अभियोगमा महिला पक्राउ


    वैदेशिक रोजगारीबाट फर्किएका श्रीमानलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई प्रकाउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानीकी २९ पार्वती थापालाई ३२ वर्षिय श्रीमानको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारीपछि २०७२ माघ २७ गते घर फर्किएका थिए । करिब साढे ९ बजे पार्वतीले विष्णुलाई खाना खुवाएकी थिइन् । खाना खाएको केही समयपछि विष्णुको स्वास्थ्यमा समस्या देखिएपछि उनी भक्तपुरको मध्यपुर अस्पताल थिमि उपचारका लागि गए । त्यही दिन उनको अस्पतालमा ज्यान गयो । विष्णुको मृत्युपछि पार्वतीले प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।

    प्रहरीले घटना अनुसन्धानका क्रममा घटनास्थलमा बरामद गरिएको खाना नमुना परीक्षणका लागि सम्बन्धित प्रयोगशाला पठाएको थियो । मृतकका भाइ लोकबहादुरका अनुसार प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको कीटनाषक विषादी फेला परेको हो । जस पश्चात उनले भाउजूको नाममा किटानी जाहेरी दिएका थिए ।

    परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार विष्णुको मृत्युको कारण खुलेको प्रयोगशालाको रिपोर्ट आउँदासम्म पार्वती वैदेशिक रोजगारीमा गइसकेकी थइन् । तर, वैदेशिक रोजगारीबाट फर्केकी पार्वतीलाई भक्तपुर जिल्ला अदालतको आदेशले पक्राउ गर्न सफल भएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस