• जीवनशैली | Jiwanshaili
  • छोराद्वारा बाबुको हत्या


    कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बञ्चरो प्रहार गर्ने अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ । अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने ’विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस