उज्यालो नेटवर्कको कार्यालय प्रहरीद्धारा घेराउ, उपसम्पादक तामाङ पक्राउ
काठमाडौँ । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन ।
उज्यालो नेटवर्कको कार्यालय घेराउ गरी बल प्रयोग गरेर नेपाल प्रहरीले तामाङलाई पक्राउ गरेको हो । उनको क्यामेरा र मोबाइल समेत प्रैहरीले खोसेको छ । यस्तै डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका अर्का पत्रकार विवेक लोप्चनको पनि मोबाइल खोसेको छ । डिएसपी बि सुवेदिको टोलिले उक्त कार्य गरेको हो ।
उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । प्रेस काउन्सिल नेपालले मागेको २४ घण्डे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ ।
उच्च अदालतले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस