एकै दिन नेपालमा कोरोनाले लियाे थप २८ को ज्यान, ३ हजार बढी संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ।
यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २५२ जनाको आइसीयु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस