आफ्नै भवनबाट सेवा दिँदै वडा कार्यालय
डोटि केआईसिंह गाउँपालिका–७ भूमिराजमाडौँको वडा कार्यालयले आफ्नै भवनबाट नागरिकलाई सेवा दिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारको कूल रु ५९ लाख ५७ हजारमा दुईतले पक्की भवन निर्माण सम्पन्न भएपछि अहिले यहाँका सेवाग्राहीलाई सेवा लिन र दिन सहज भएको छ । आफ्नो कार्यालय भवन नहुँदा उक्त वडा कार्यालयले वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको थियो भने लाखौँ रकम घर भाडामा खर्च हुँदै आएको थियो ।
उक्त नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले एक कार्यक्रमबीच आज उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा अध्यक्ष शाहीले पालिकामा आफ्नै भवन नभएका वडा कार्यालयका क्रमिक रुपमा भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गरिने बताए । उनले भने, ‘भवन नहुँदा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन समस्या थियो, भवन नभएका अन्य वडाहरूका भवन चाँडो निर्माणका लागि पहल हुनेछ ।’ नयाँ भवन कामकाज शुरु गर्न लागेको सो वडाका वडाध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए । उनका अनुसार आफ्नै भवन निर्माण भएपछि उक्त वडाको लाखौँ रकम घर भाडा जोगिएको छ । पछिल्लो समय यहाँका स्थानीय तहले आफ्नै पालिका भवन तथा वडा कार्यालयका भवन निर्माण गरी सेवा दिन थालेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस