• जीवनशैली | Jiwanshaili
  • उपत्यकाका सिडिओहरुको बैठक, लकडाउन गर्नेबारे निर्णय हुने


    उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ ।

    कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेकाले न्युनिकरणका लागि छलफल गर्न सिडिओहरूले बैठक बस्ने भएका हुन् ।

    कोरोना संकट व्यवस्थापन केन्द्र (सिसीएमसीले) पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

    आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने सन्चार माध्यमले जनाएको छ ।

    यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस