• जीवनशैली | Jiwanshaili
  • सरकारी आदेश नटेरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ


    सरकारले जारी गरेका आदेश नटेरी विद्यालय सञ्चालन गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    कोभीड १९ का कारण वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारले निर्देशन दिएको भएपनि अटेर गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि पक्राउ गरिएको हो । सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस