• जीवनशैली | Jiwanshaili
  • पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित


    पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

    सोमबार बसेको विश्वविद्यालयको परीक्षा समितिको बैठकले आजैका मितिदेखि लागु हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

    विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेको र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित हुने परीक्षा नियन्त्रक प्रा.डा. टेकराज ज्ञवालीले जारी गरेको सूचनामा गरिएको उल्लेख छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस