पत्रकार निःसर्त रिहाइको माग
प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीले पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःसर्त रिहाइको माग गरेको छ । सो सङ्गठनले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आइतबार प्रहरीले गिरफ्तार गरेको घटनाको भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।
सङ्गठनले आज विज्ञप्ति जारी गरी अदालतको आदेश तथा सञ्चारमाध्यमसँग सम्बन्धित सबै जिम्मेवारी बोकेको प्रेस काउन्सिलले गरेको निर्णयविरुद्ध संवैधानिक व्यवस्थामाथि हस्तक्षेप गरेको ठहर गरेको छ । सङ्गठनले तत्काल रिहाइ नभए प्रेस स्वतन्त्रतता कायम राख्न कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने समेत जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस