• जीवनशैली | Jiwanshaili
  • निषेधाज्ञाकाे निर्णयसंगै उपत्यका छाड्नेको लर्को(फाेटाे फिचर)


    सरकारले काठमाडौं उपत्यकामा जेठ १६ गते देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरे सँगै उपत्यका छाड्नेको लर्को लागेको छ । कोरोना भाइरसको डर तथा निषेधाज्ञा कति रहने भन्ने बारेमा अन्योल बढेको भन्दै सर्वसाधारण गाउँ फर्कनेको लर्को बढेको हो । उपत्यकाका विभिन्न बसपार्क तथा नाका हरुमा गाउँ फर्कनेको भिड बढेको छ । उपत्यका छाड्नेमा बालबालिका, युवा देखि बृद्धबृद्धा सम्म रहेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको जेठ १३ गते बसेको बैठकले आगामी जेठ १६ गते देखि उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी सोमबारै बसेको मन्त्रिपरिषद् बैठकले समेत थप निर्णय गरेको थियो ।

     

     

     

     

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस