जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण
केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशी भएका छन् ।
त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् । नगरपालिकाका १४ वडामध्ये ३ नं वडाको खदीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौँदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीयवासी बिजुली पाउँदा खुशी भएका छन् ।
अहिलेसम्म खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । दुई सय ५७ घरमा विद्युत् पु¥याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए । गत पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत् विस्तारको काम गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार रु १९ करोड ३७ लाख लागतमा विद्युत् विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झण्डै १२ हजार उपभोक्ता छन् ।
रुकुमपश्चिममा सल्यान र जाजरकोटका सबस्टेशनबाट विद्युत् आपूर्ति शुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेशनबाट विद्युत् आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेशनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत् आपूर्ति शुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा पनि विद्युत् सबस्टेशन बन्दैछ । यसै महिनाभित्र उक्त सबस्टेशनबाट पनि विद्युत् आपूर्ति थालिने भट्टराईले बताउनुभयो । उहाँका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत् आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेशनको विद्युत्लाई जिल्लाका झण्डै १२ हजार ग्राहकसँग लिङ्क गरिएको छ । त्यस्तै जाजरकोटको भेरी नगरपालिका, पश्चिम छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका अधिकांश ठाउँमा विद्युत् सेवा शुरु गरेको बताएको छ । केही महिनाभित्र नलगाड नगरपालिकामा समेत विद्युत् सञ्चालन गरिने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस