आमाको हत्या अभियोगमा छोरा पक्राउ
कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका ८ दोहनीका २८ वर्षीय सुरेन्द्र कुर्मीले आफ्नी ५५ वर्षीय आमा फुलमतीलाई घरायसी विवादका क्रममा हत्या गरेका थिए ।
आमाको हत्या विरुद्ध सोही दिन दिउँसो उनका अर्का छोरा हेमराज कुर्मीले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हालसम्म फरार कुर्मीलाई आइतबार जिल्लाको बुद्धभूमि नगरपालिका ५ चौरी भन्ने स्थानबाट पक्राउ गरि अदालतमा पेश गरिएको र ५ दिन म्याद थप गरि अनुसन्धान थालिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस