ऊर्जामन्त्री टोपबहादुर रायमाझी सहित उनको पारिवार र सचिवालयका केही सदस्यलाई लाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीमा वैवाहिक कार्यक्रममा सहभागी भएर फर्किएपछि उनको परिवार सहित सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण देखिएको हो ।
उनका निजी सचिव नारायण खत्रीका अनुसार सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको हो ।
कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएपनि उनको अवस्था सामान्य रहेको खत्रीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस