• जीवनशैली | Jiwanshaili
  • प्रियंका चोपड़ाले गरिन् अमेरिकी राष्ट्रपतिलाई भ्याक्सिन पठाउन अपील


    भारतमा कोभीड १९ का संक्रमित निरन्तर बढ्दैछन् । गत एक महिनादेखि कोरोना भ्याक्सिन ४५ बर्ष भन्दा माथिका व्यक्तिहरूमा लागू भइरहेको छ । यसका साथै मे २ देखि, १८ बर्ष भन्दा बढि उमेरकालाई खोप लगाइने भएको छ । कोरोनाको दोस्रो लहरका कारण भारतको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बलिउड अभिनेत्री प्रियंका चोपड़ाले अमेरिकी राष्ट्रपति जो बिडेन र अमेरिकी सरकारका अधिकारीहरुलाई कोरोनाको बिरूद्ध लड्न सहयोग पुर्‍याउन अपील गरेकि छन् ।

    मंगलबार, प्रियंकाले सोशल मीडियामा एक पोस्ट शेयर गरि अमेरिकी सरकारी अधिकारीहरुलाई भारतमा कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेकि छन् । यसका साथै उनले आफ्नो देशको अवस्था गम्भीर रहेको उल्लेख गरेकि छन् । उनले आफ्नो पोस्टलाई शेयर गर्दै लेखिन्, ‘मेरो दिल टुटिसकेको छ । भारत कोरोनाबाट ग्रस्त छ र अमेरिकाले ५ मिलयन थप खोपको अर्डर दिएको छ । यद्यपि अमेरिकालाई यति धेरै खोप आवश्यक छैन । एस्ट्रोजन खोप दुनियाभरि शेयर गरेकाले पोटस, एचसीओएस, साके ब्वेनकेनलाई र जेक सुलिवानलाई धन्यवाद । तर मेरो देशमा कोरोनाका कारण स्थिति धेरै गंभीर भएको छ । के तपाईहरु इंडियालाई तत्काल भ्याक्शिन उपलब्ध गराउन सक्नुहुन्छ ?’

    धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले प्रियंकालाई यस पोष्टमा ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘यो पोष्ट २ हप्ता पहिले आवाश्यक भएको थियो । तपाईले देशवासीहरूका लागि पोष्ट गर्नको लागि कुनै लाइभ अभियान कुर्नु पर्दैन ।’

    अर्को प्रयोगकर्ताले लेखे, ‘शुभ प्रभात । अमेरिकाले भ्याक्सिन विकासका लागि कच्चा माल पठाउन सहमत भइसकेको छ । तपाईले यो पोष्ट हिजो नै गर्नुपर्दथ्यो ।’

    यसका साथै केही व्यक्तिहरूले भारतको अवस्थाबारे बोलेकोमा प्रियंकाको प्रशंसा गरे भने उनको प्रयासका लागि उनलाई धन्यवाद पनि दिएका छन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस