छोरी हत्या आरोपितलाई जन्मकैद
छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते पक्राउ गरेको थियो । मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।
आमाबुबा नै आरोपित रहेको देखिएपछि घटनास्थलको अनुसन्धानपश्चात् प्रहरी प्रतिवेदनका आधारमा ०७५ साल माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजूरी दर्ता गरेको थियो । भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुबाआमाले सरितालाई कुटपिट गरेको स्वीकारेका छन् । कुटपिट गरेको स्वीकारे पनि हत्या भने अस्वीकार गर्दै आएका छन् । जिल्ला अदालतको आदेशमा आरोपित तुरन्तलाल ०७५ साल फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस