गौरीगञ्जको वडामा बन्दाबन्दी
यसैबीच झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नं १ मा सात जनामा एकैचोटी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी गरिएको छ । सो वडा भारतको विहारसँग सीमा जोडिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । हाटबजार, यातायात, कलकाराखानालगायत सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ ।
भारतमा तीर्थयात्रा गरेर फर्किएका सात जनामा हालै कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्काले बन्दबन्दी गर्नुपरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस