दुई सङ्क्रमितको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए । उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित भएको पत्ता लागेको बताउनुभयो । बितेको तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस