नेपालमा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ४ हजार ७७४ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १२३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
हाल सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३७८ रहेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र २ हजार ४७ संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा १ हजार ४६४ जना, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै आज ७७३ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार २११ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस