कोरोनाको महामारीबाट गर्भवती महिला कसरी सुरक्षित रहने ?
गर्भावस्था एक जटिल अवस्था हो । यस बेलामा शिशुको विकासका लागि विशेष ख्याल राख्नुपर्ने हुन्छ । त्यसमा पनि क्ष्ख्ँ गराएर गर्भ बसेको छ भने त दम्पतिहरुले हरेक स–साना कुराको ख्याल गर्नुपर्ने हुन्छ । किनभने निकै प्रयास पश्चात गर्भ बसेको हुन्छ । तर यस्तै अवस्थामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलँदा सबैमा त्रास फैलनु स्वाभाविक हो । विभिन्न श्रोतबाट विभिन्न कुरा सुनिन्छ र त्यसले डर र त्रासको वातावरण सिर्जना गर्दछ । यस्तो अवस्थामा हाम्रा मनमा विभिन्न कुराहरु खेल्नु स्वाभाविक हो । तर सक्दो तनावरहित वातावरण निर्माण गर्न जरुरी हुन्छ । यस बेला तपाईंका मनमा आउन सक्ने मुख्य–मुख्य कुराहरु र यसको समाधानका बारेमा तपाइहरुलाई जानकारी गराउने प्रयास गरेका छौं ।
के गर्भवती महिलामा संक्रमणको जोखिम अधिक छ ?
सामान्यतयाः गर्भावस्थामा विभिन्न शारीरिक परिवर्तन आउने हुनाले शरीरको प्रतिरक्षा प्रणाली कम्जोर हुन पुगेको हुन्छ जस्ले गर्दा विरामी पर्ने सम्भावना बढी हुन्छ तर हरेक रोगको प्रवृति फरक भएको कारण यकिनका साथ केहि भन्न सकिने अवस्था छैन । विगतमा फ्लु र अन्य कोरोना जस्ता संक्रमणका कारण गर्भतुहिने र समयावधि भन्दा पहिले नै सन्तान जन्माउने समस्या पाइएपनि कोरोनाका कारण नै यस्तो भएको यकिन गरेर भन्ने सकिने अवस्था छैन ।
के कोभिड–१९ आमाबाट गर्भमा रहेको बच्चामा सर्छ ?
हालसम्म कोभिड–१९ बाट ग्रसित गर्भवती महिला धेरै नभएको कारण, यसको प्रभाव बारे कुनै ठोस तथ्यांक छैन तर हालसम्म १ जना शिशुमा मात्र संक्रमण सरेको देखिएको छ । धेरैमा भने यो नसरेको पाइएको छ । केहि रिपोर्टका आधारमा आमाको दूधबाट पनि कोभिड–१९ नसर्ने बताएको छ तर अरु खतराहरु भने हुन सक्छन् ।
के कोभिड–१९ लागेका महिलाबाट जन्मिने सन्तान दीर्घ रोगी हुन्छन् ?
कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण आदिको आधारमा गर्भपतन, समय अगाडि नै बच्चा जन्मिने, मृत शिशु जन्मिने सम्भावना अधिक हुन सक्छ र गर्भावती भएको पहिलो त्रैमासिकमा ज्वोरो देखिए खतरा अझै बढ्न सक्ने कुरा कतिले भन्दै गर्दा केहि विज्ञहरुले कोभिड–१९ र विगत SARS, MERS को तथ्यांकका अनुसार यिनीहरुबीच कुनै सम्बन्ध नरहेको जनाएका छन् ।
डेलिभरीको बेलामा आमा कोभिड–१९ संक्रमित भेटिए के गर्ने ?
डेलिभरीको समय नजिक छ र तपाईंलाई कोरोना लागेको शंका छ भने सर्वप्रथम स्वास्थ्यकर्मीलाई जानकारी गराउने । यसो गर्दा उनीहरुले कोभिड–१९ भए–नभएको जाँच गर्न सक्छन् र कोभिड–१९ भएको ठहरिएमा पनि नवजात शिशुमा त्यसको संक्रमण कम गर्ने प्रयास गर्न सक्छन् । यस अन्तर्गत संक्रमणको अवस्था भए आमा र शिशुलाई अलग राख्ने र संक्रमणको जोखिम कम भए संगै राख्न पनि सकिन्छ । संगै राखेको अवस्थामा भने आमा र शिशुबीच कपडाले दूरी बनाउने, छुनु अधि हात धुने, मुखमा मास्क लगाउने जस्ता कार्य गर्न सकिन्छ ।
कोरोना संक्रमित आमाले स्तनपान गराउन मिल्छ ?
कोभिड–१९ संक्रमित व्यक्तिको नाक वा मुखबाट निस्किएको तरल पदार्थको कणबाट फैलिने भएकोले कोभिड–१९ संक्रमित आमाले स्तनपान गराउंदा कुनै हानी नहुने देखिन्छ तर यसका लागि स्वास्थ्यकर्मीको सल्लाह लिनु उचित देखिन्छ । यदि आमा र शिशुलाइ अलगै राखिएको छ भने पम्पको सहयोग लिएर सफा भाँडामा आमाको दूध सङ्कलन गरेर ख्वाउनुपर्छ । संक्रमणको जोखिम कम भए राम्ररी हात धोएर तथा मास्क लगाएर स्तनपान गराउन पनि सकिन्छ ।
के बच्चाहरुमा कोभिड–१९ को जोखिम अधिक छ ?
थोरै उपलब्ध तथ्यांकका अनुसार केहि बच्चाहरुमा कोभिड–१९ को संक्रमण देखिएपनि अधिकांश वयश्क र वृद्धमा यसको प्रकोप बढी रहेको देखिन्छ । तर पछिल्लो फैलिरहेको भाईरस बच्चाहरुमा धेरै भएको पाइएकाले सजगता अपनाउन जरुरी छ ।
कोरोनाबाट बच्न के गर्ने ?
खास गरी गर्भवती महिला र क्ष्ख्ँ गराइ रहेका महिलाले निम्न कुराहरुमा ध्यान दिनु जरुरी छ ।
आफूलाई सक्दो रोग लाग्नबाट बचाउने
घरभित्रै बस्ने र सक्दो कम यात्रा गर्ने
भिडभाडमा जाँदै–नजाने
कसैलाई छुँदा राम्ररी साबुन पानीले हात धुने र कम्तिमा ६०% अल्कोहोल भएको स्यानिटाइजरको प्रयोग गर्ने
घरका सामानहरु सफा राख्ने र स्प्रे वा साबुनयुक्त पदार्थले निर्मूल पार्ने
खानपिनमा रोगसँग लड्न मद्दत पुर्याउने वस्तुको सेवन गर्ने
कसैलाई रुघा–खोकी भएमा मास्क लगाउन लगाउने
कोभिड–१९ नयाँ किसिमको महामारी भएको कारण यस सम्बधि विभिन्न प्रयोग र अनुसन्धान भइरहेको छ । यकिनका साथ केहि भनिहाल्ने अवस्था पनि छैन । यस विरुद्धको खोप बनाउने कार्यमा वैज्ञानिकहरु जुटिरहे पनि अहिले परीक्षणमा नै समय लाग्ने छ त्यसैले अहिलेको अवस्थामा आफुलाई सक्दो रोग लाग्न नदिनु नै बुद्धिमानी हुन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस