• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा पानी पर्ने


    आज २०७८ बैशाख १६ गते बिहीबार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
    देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउसो देशका तराईका भू(भागमा आंशिक बदली र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

    आज राती देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस