मासुको प्रमाणीकरण
रसुवाको लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिइएको मासु परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे तातोपानी क्षेत्रमा जनावर काटेर भाग लगाइराखेको अवस्थामा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले मासु बरामद गरेको थियो । त्यो मासु कुन जनावरको हो भन्ने यकिन गराई कानूनी दायरामा लैजान पहिलो चरणअन्तर्गत प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए ।
बरामद गरिएको मासुको परिमाण करिब सात केजी रहेको र मासु भाग लगाउने कार्यमा संलग्न चार व्यक्तिलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । परीक्षणका लागि उक्त मासु बुधबारनै काठमाडौँ पठाएको बताइएको छ । परीक्षणबिना मासु कुन जनावरको हो भन्ने कुरा यकिन गर्न नसकिने र अनुसन्धानको प्रतिवेदन पेश नभएसम्म पक्राउ परेका व्यक्तिको नामसमेत उल्लेख गर्न नमिल्ने प्रमुख संरक्षण अधिकृत रानाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस