चन्द्रागिरिले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने
चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न लागेको हो ।
नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार बसेको नगरस्तरीय सुरक्षा समितिको बैठकले काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ र १४ गते निर्णयलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।
यस्तै सम्पूर्ण नगरबासीलाई मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घर वा चोकमा अनावश्यकरूपमा भीडभाड नगर्न, जुवातास नखेल्न तथा मदिरा सेवन नगर्न आग्रहसमेत गरेको छ ।
चन्द्रागिरिले बिहान बेलुका सञ्चालन हुने पसलमा जाने सेवाग्राहीले साबुन पानीले वा सेनिटाइजरले हात धुने व्यवस्था गर्ने, बिक्रेता तथा सेवाग्राहीले अनिवार्यरूपमा मास्क्को प्रयोग गर्ने व्यवस्थासमेत मिलाएनुपर्ने बताएको छ ।
निषेधाज्ञाको समयमा चन्द्रागिरिका वडा कार्यालय भने खुल्ने भएका छन् । सेवाग्राहीको अत्यावश्यक सेवालाई ध्यानमा राखेर आलोपालो नगरपालिका तथा वडा कार्यालय खोल्ने बैठकले निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस