साँगा नाकामा कडाइ
कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताउनुभयो । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यकबाहेक कुनै पनि सवारी साधन प्रवेश गर्न दिएका छैनौंँ ।’ उनले भने, ‘हिजो यात्रुहरु लिएर गाउँ गएका गाडीहरु फर्किरहेकामा चालक र सहचालक भएकालाई मात्रै प्रवेश गर्न दिएका छाँैं ।’ साँगा भएर बुधबार यात्रु लिई गाउँ गएका सवारी साधन उपत्यका प्रवेश गर्नका लागि साँगा नाकामा पुग्ने गरेका छन् । त्यसरी गएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस