अमेरिका समृद्धिको बाटोमा हिँडेको राष्ट्रपति बाइडेनको दाबी
एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो सम्बोधन गरेका छन् ।
राष्ट्रपतिको रुपमा सय दिनको अवधि पूरा हुनुभन्दा अघिल्लो साँझ बाइडेनले सदनलाई संबोधन गरेका हुन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ र माथिल्लो सदन सिनेटको संयुक्त सत्रलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो मुख्य नीति तथा योजनामाथि प्रकाश पारे । सय दिन शाशनको खुशीयाली मनाउन भन्दा पनि आफु अमेरिका र विश्वले भोग्नुपरेको संकट र नयाँ अवसरहरुमा बढि केन्द्रित रहेको बाइडेनको भनाई छ ।
यसैगरि उनले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्दै पूर्वाधार विकासका लागि ल्याएको चार ट्रिलियन डलर बराबरको महत्वकांक्षी योजनामा समर्थन जुटाउने प्रयास गरे। रोजगारी सिर्जना, सामाजिक सुरक्षा, बाल स्याहार, शिक्षा तथा समताको पक्षमा आफ्नो प्रशासनले काम गरेको र त्यसका लागि राजनीतिक विचारधारा भन्दा माथि गएर सहकार्यको अपेक्षा रहेको बाइडेनले बताए ।
उनले आप्रवासनका मुद्दामा सबै विषयमा सहमत हुन नसकेपछि सहमत हुने विषयमा मिलेर काम गर्न रिपब्लिकनसँग अपिल गरे । बाइडेनले सम्बोधनको क्रममा जलवायु परिवर्तन आफ्नो प्राथमिकताको विषय रहेको पुनः दोहो¥याएका छन्। बाइडेनले कोभिड विरुद्धको खोप अभियान र कोभिडको प्रभावबाट ग्रस्त अमेरिकी नागरिकको जिवनस्तर एवं अर्थतन्त्र सुधारका लागि दिएको राहत प्याकेजले उल्लेख्य प्रगति हासिल गरेको बताएका छन् ।
अमेरिकाका हरेक नागरिक अहिले कोरोना खोप केन्द्रभन्दा ५ माइलको दुरीमा रहेको दावी गर्दै बाइडेनले सम्पुर्ण अमेरिकीलाई खोप लगाउन आव्हान समेत गरेका छन्।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस