मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने
२०७८ बैशाख १७ गते शुक्रबार देशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरकाे छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले बताएको छ ।
आज दिउसो देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
आज राती देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस