• जीवनशैली | Jiwanshaili
  • दाङमा आजबाट पूर्ण लकडाउन


    दाङमा आजदेखि पूर्ण लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख १७ देखि २५ गते बेलुका ६ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

    दाङका मुख्य–मुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकजाँच गरिरहेका छन् । लकडाउन कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

    दाङमा कोरोनाभाइरसको संक्रमन तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथामका लागि ९ दिन लकडाउन घोषणा गरिएको हो । जिल्लामा अहिले एक हजार १४१ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितको संख्या चार हजार २८५ पुगेको छ । हालसम्म तीन हजार १०६ जना निको भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस