इजरायलमा भागदौड मच्चिंदा ४४ जनाको मृत्यु
एजेन्सी । इजरायलमा एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ४४ जनाको मृत्यु भएको छ ।
यहुदीहरुको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यहुदी नयाँ वर्ष “लाग बाओमर”को पूर्व सन्ध्यामा हरेक वर्ष उत्तरी इजरायलको माउन्ट मेरोनमा ठूलो संख्यामा मानिस भेला हुने प्रचलन छ । इजरायली सञ्चार माध्यमको अनुमान अनुसार, करिब एक लाख मानिस उक्त समारोहमा सहभागी थिए जसमा अति दक्षिणपन्थी यहुदीको सहभागिता बढी थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्वीट गर्दै माउन्ट मेरोनमा निकै दुःखद घटना भएको छ, र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले माउन्ट मेरोनमा उद्धार कार्यलाई तिब्र बनाउन आदेश दिइसकेको बताएको छ । इजरायली राष्ट्रपति रुभेन रिभलिनले पनि ट्वीट गर्दै घाइतेको उद्धार कार्यलाई तिब्र बनाउन आग्रह गरेको छ ।
शुरुमा उक्त दुःखद घटना मञ्च भत्किएर भएको अनुमान गरिए पनि इजरायली एम्बुलेन्स सेवा मागेन डेभिड एडोम एमडिएले भिडका कारण उक्त दुर्घटना भएको बताएको छ । एमडिएले घाइतेहरुलाई उद्धार गरिएको र केहीलाई हेलिकप्टरबाट बाहिर निकालिएको जनाएको छ । घाइतेहरुलाई उत्तरी इजरायल र जेरुसलेममा भर्ना गरिएको छ ।
युनाइटेड हजलाह आपतकालीन स्वास्थ्य सेवाले आफ्ना संस्थाका स्वयंसेवीले घटनास्थलबाट दर्जनौं व्यक्तिलाई उद्धार गरेको जनाएको छ । सरकारले कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । सरकारले कोरोनाभाइरस फैलन नपाओस् भन्नका लागि खोप लगाएका, कोभिबाट संक्रमणमुक्त भएका वा परीक्षणमा संक्रमण नदेखिएका व्यक्तिलाई मात्र माउन्ट मेरोनको भ्रमण गर्न अनुमति दिएको थियो ।
तर सरकारले अनुमति दिएको भन्दा धेरै व्यक्ति उक्त समारोहमा सहभागी भएका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस