कोरोना संक्रमितको लागि स्वास्थ्य र संतुलित आहार
काठमाडौं । नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदैछ।
संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने र कसरी बच्ने भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ।
कोरोना पोजेटिभ हुँदा शरीरमा रोग प्रतिरोधात्मक इम्युनिटी पावर क्षमता कम हुने भएकोले यस्तो अवस्थामा अलि भिन्न खालको ताजा र स्वस्थ खालको नियमित सन्तुलित आहार ब्यालेन्स डाइट जरुरी पर्ने हुन्छ। हामीले भोगेको र विज्ञको सल्लाहलाई मिश्रण गरी यहाँ बिहानदेखि बेलुका सुत्ने बेलासम्मको खानालाई क्रमिक रुपमा प्रस्तुत गरिएको छ, जुन अहिलेको अवस्थामा धेरैलाई उपायोगी साबित हुने आशा गरिएको छ।
बिहान समयमा उठ्ने र बेलुका समयमा सुत्ने बानी बसाल्नु अत्यन्त जरुरी छ। बिहान साढे चारदेखि पाँच बजेसम्म उठिसक्दा उत्तम मानिन्छ। नित्य कर्म लगत्तै मनतातो पानी या हर्बल काडा जुन पानी, बेसार, गुर्जो, बोझो, अदुवा, मरिच, तेजपात, लेमन ग्रास, तुलसी, ज्वानो, जिरा, मेथी, दालचिनी, ल्वाङ, सुक्मेल, कागती, कालो नुन वीरे नुन लगायत हालेर बनाउन सकिन्छ। यो बनाउँदा १२ देखि १५ मिनेटसम्म उमाल्नुपर्ने हुन्छ।
गुलियो मन पर्नेले कालो नुन, शुद्द मह, मिस्री या सख्खर प्रयोग गर्न सक्नुहुन्छ तर सकेसम्म सेतो नुन नखाँदा राम्रो मानिन्छ। यो पानी पटकपटक गरी २४ घण्टामा ४ या ५ पटकसम्म पिउन सक्नुहुन्छ। एक पटक पिउँदा ४०० एमएल राम्रो हुन्छ। बेसारले गर्दा कोरोना छिटो हराउँछ र कोरोना लाग्दैन भनेर मात्राभन्दा ज्यादा सेवन गर्दा भारतमा धेरैको आँखा पहेलो हुने रोग देखिन थालेका कारण बेसारपानी ठिक्क मात्र सेवन गर्नुपर्ने हुन्छ र सकेसम्म काँचो बेसार राम्रो मानिन्छ।
बिहान जुसको रुपमा ताजा किबी, स्विट लाइम मौसम, चुकन्दर, गाजर, स्याउ, जुनार, सुन्तला उत्तम हुन्छ। जुस मिसाएर पेल्दा केही मात्रमा लेमन जुस र काँचो बेसार मिसाउँदा राम्रो हुन्छ। बिहानको खाजाको रुपमा मकैको रोटी, कोदोको रोटी, फापरको रोटी, मुङ दालको रोटी , ग्रान्युला मुसली दहीसँग, ओट्स दूधसँग, ब्राउन मल्टिग्रेन ब्रेड र हर्बल चिया लिँदा राम्रो हुन्छ। बिहानको सुपको रुपमा कुरिलो, ब्रोकाउली, क्यारोट, मुङ, क्वाँटी या बिन स्प्राउटको मात्र लिँदा स्वास्थ्यवर्द्धक हुन्छ। बिहानको ब्रेकफास्ट ८ बजेभित्र गर्दा राम्रो हुन्छ। सन्तुलित खानासँगै योगा या हल्का शारीरिक ब्यायाम पनि गर्न सकिन्छ, जुन बिरामीको अवस्था हेरेर गर्नुपर्ने हुन्छ।
बिहानको खानामा ताजा तरकारी, दाल मुङ, ब्राउन राइस, वाइल्ड राइस रेड राइस, दलिया, सलाद, फ्रेस कट मिक्स फ्रुट खाँदा उत्तम हुन्छ। बिहानको खाना पनि १२ बजेभित्र लिँदा राम्रो मानिन्छ। प्रेसर, सुगर या अन्य कुनै रोग हुनेले केही होस पुर्याएर चिकित्सकको सल्लाह अनुसार आफ्नो खानाको सन्तुलन मिलाउनु पर्ने हुन्छ। खाना पकाउँदा जैतुनको तेल य ताजा शुद्द घ्यु एकदम कम प्रयोग गरेर पकाउनुपर्ने हुन्छ। मसलादार खाना पनि नखाँदा राम्रो मानिन्छ र पिरो विल्कुल प्रयोग नगर्नु राम्रो हुन्छ।
बेलाबेलामा केरा, स्याउ, एभोकाडो, किवी, मेवा जस्ता ताजा फलहरु पनि खाइरहँदा हुन्छ। दिउँसोको खाजाको रुपमा सादा रोटी, ब्राउन्ड ब्रेडको स्यान्डुज, काथी रोल, सोय मिल्क जस्ता हलुका खाना लिँदा हुन्छ। बेलुकाको खाना पनि बजेभित्र लिँदा उत्तम हुन्छ र बेलुकाको डिनरमा ब्राउन राइस र मिक्स भेजको खिचडी, दलिया खिचडी, मुङ दालको खिचडी, ओट्सको खिचडी या आटाको सादा रोटी र दाल तरकारी खाँदा हुन्छ। बेलुकाको डिनर पनि सकेसम्म हलुका नै लिँदा राम्रो र सुत्नुभन्दा एक-डेढ घण्टा अगाडि नै खाँदा राम्रो हुन्छ।
बेसार दूध जसलाई गोल्डन मिल्क पनि भनेर चिनिन्छ। राति सुत्ने बेलामा एक गिलास गोल्डन मिल्क पिएर सुत्दा उत्तम हुन्छ। काजु, बदाम, ओखर जस्ता ड्राई नट्सहरु पनि बेलाबेलामा नियमित खाने गर्दा राम्रो मानिन्छ र यसले इम्युनिटी पावर बढाउन मद्द्त पुर्याएको हुन्छ। सकेसम्म भिटामिन सी पर्याप्त पाइने खाना खानु उत्तम हुन्छ र मिलेसम्म एकएक छिन बिहानको घाममा बस्दा राम्रो हुन्छ।
कोरोना पोजेटिभ बिरामीले माछा मासु खाने की नखाने ?
यदि तपाईंलाई ननभेज खान मन पर्छ भने खान सक्नुहुन्छ तर सन्तुलन मिलाएर ठिक्क मात्र लिँदा राम्रो हुन्छ। ननभेज खाँदा ससेज, अन्डा, कालिज, बट्टाई, कुखुरा, झिङ्गे माछा या माछा मात्र लिँदा राम्रो हुन्छ। खसी या बंगुरको मासुमा ज्यादा चिल्लो हुने हुँदा नखाँदा बेस हुन्छ।
यदि खानु नै पर्ने भए उसिनेर लिँदा राम्रो हुन्छ। सामान्यतया कोराना बिरामीले माछामासु कम नै खाने गरेको पाइन्छ। ताजा तरकारी र फलफूल डाइजेस गर्न पनि सहज हुने हुँदा प्राय सबैले भेज आहार रोजेको पाइन्छ। डेरी प्रडक्टहरु पनि कम नै प्रयोग गरेको पाइन्छ। चिकित्सकको सल्लाह लिएर सन्तुलित आहार लिँदा झन् राम्रो हुन्छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस