कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु, ५ हजार ७ सय बढी संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस