• जीवनशैली | Jiwanshaili
  • निषेधाज्ञाले नछोएका श्रमिकहरु 


    आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

    हरेक वर्ष श्रमिकहरूको सम्मान र अधिकार स्थापना हुनुपर्ने नारा सहित यो दिवस मनाइन्छ। सामान्य अवस्था भए यतिखेर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको हुन्थ्यो। तर, कोरोना भाइरसको सङ्क्रमणका कारण यतिखेर काठमाडौँ उपत्यकासहित सङ्क्रमणको उच्च जोखिम रहेको क्षेत्रहरूमा निषेधाज्ञा लागू भएकाले औपचारिक कार्यक्रम विना यो दिवस मनाइएको छ।

    कोभिड १९ को बढ्दो सङ्क्रमणको चेन ब्रेक गर्न भन्दै जारी गरिएको निषेधाज्ञामा नागरीहरू घर भित्रै बस्न बाध्य छन्। यो बेलामा सबैभन्दा बढी मारमा छन् श्रमिक नै। दैनिक पसिना बगाएर गुजारा गर्नेहरूको जिजीविषा अहिले रोकिएको छ। उनीहरूको हालत बयान गरिसक्ने अवस्था छैन। श्रमिक दिवसभन्दा दुई दिन अघि सुरु भएको निषेधाज्ञाका कारण धेरै मजदुरहरूले काठमाडौँ उपत्यका छाडे। कोभिड १९ सँगै भोकबाट बच्न उनीहरू जसोतसो गाउँ फर्किए।

    अझै धेरै मजदुर श्रममै आश्रित छन्। निषेधाज्ञाले ओझेलमा पारेको मजदुरहरू श्रममै खटिएका छन्। केही श्रमिक निर्माण कार्यमा खटिएका छन्। यस्तै, काठमाडौँको सर सपाइमा समेत श्रमिकहरू बिहानै देखि खटिरहेका छन्। कतिपय श्रमिकको जीविकोपार्जन भने अहिले ठप्प भएको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस