• जीवनशैली | Jiwanshaili
  • भारतमा अक्सिजन अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु


    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको कमीका कारण ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    मृत्यु हुनेमा अस्पतालकै एक विभागका अध्यक्ष पनि रहेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अस्पतालहरुमा अक्सिजनको कमी भएको र इमर्जेन्सी फोन आइरहेको बताएका छन्।

    उनका अनुसार दिल्लीमा दैनिक ९७६ टन अक्सिजन आवश्यक छ तर ४९० टनमात्र उपलब्ध छ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस