वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने काममा पनि बाधा हुन सक्छ। सोमवारदेखि स्थिति अनुकूल हुनाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि आयस्रोत सबल बन्नुका साथै प्रशस्त आम्दानी हुनेछ। उठ्नुपर्ने रकम पनि लाभांशसहित हातलागी हुनेछ। अप्ठ्याराे समयमा पनि व्यवसायले राम्राे फाइदा दिनेछ।
प्रतिक्रिया दिनुहोस