तीन शिशु मृत फेला
दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् ।
उनीहरुलाई अहिले राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।
प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुको पहिचान खुल्न सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस