उपत्यकासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।
निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका काममा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालनमा निषेध गरिएको छ ।
तराईं–मधेस तथा काठमाडौँ उपत्यकासहित शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको छ ।
मन्त्रिपरिषदको उक्त निर्णयपछि काठमाडौं उपत्यकाका ३ सहित २२ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने अन्य ७ जिल्लामा भने आंशिक निषेधाज्ञा लागू गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसकार केही जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । बाँकी केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आजदेखि निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।
निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको सूची
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस