शय्या पाउन सोर्सफोर्स
सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितको बेहाल छ । अक्सिजनको हाहाकार भएर बिरामीलाई पुर्याउन सकस छ । भरिभराउ अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएर अन्य रोगका बिरामीसँगै आकस्मिक कक्षको ग्यालरीमा राखिएको छ ।
प्रयोग हुने ठाउँमा आईसीयू र भेन्टिलेटरको चरम अभाव छ भने सञ्चालन हुन नसक्ने ठाउँमा त्यस्ता अत्यावश्यक उपकरणहरू थन्किएका छन् । उपचार नपाएर पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढीको मृत्यु हुन थालेको छ । यसले संक्रमितसँगै अन्य रोगका बिरामीको उपचार ओझेलमा परेको छ ।
आईसीयूमा राख्नुपर्ने बिरामीलाई शय्या नपाएर अक्सिजन सहायतामै राख्नुपर्दा आफन्तहरू कुन बेला आईसीयू खाली होला र त्यहाँ सारौला भन्ने प्रतीक्षामा हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘हामी आईसीयूमा अन्तिम क्षणमा पुगेको बिरामीको पनि पुनर्जीवनको पुकारा गरिरहेका हुन्छौं तर अन्य बिरामीका परिवारजनलाई त्यो बेड चाँडो खाली भइदिए आफ्नो बिरामी राख्न पाइन्थ्यो भन्ने लागिरहेको हुँदो रहेछ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे भन्छन्, ‘आईसीयूका लागि सर्वसाधारणको गुहार मात्रै हैन, उपल्लो ओहोदाका व्यक्तिहरूको टेलिफोन र सोर्सफोर्स पनि आइरहेको हुन्छ तर बेड खाली नभएसम्म हामीसँग विकल्प हुन्न ।’
सबैभन्दा धेरै तनाव कोरोना अस्पतालमा खटिएका नर्सिङ स्टाफलाई छ । स्वास्थ्यकर्मीका अनुसार हरेक बिरामी आईसीयू सहायता अनिवार्य पर्ने खालका छन् तर आईसीयू पर्याप्त छैन । अस्पतालमा ४० शय्या अक्सिजन जडित, १० शय्या एजडीयू र १० वटा आईसीयू छ । आईसीयू आवश्यकताको दबाब थेग्नै नसकेपछि अन्य रोगका बिरामीको उपचारका लागि जोहो गरिएका १० वटा आईसीयू शुक्रबारदेखि कोरोनामै प्रयोग गर्न सुरु गरिएको छ । शनिबारसम्म ५९ जना संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा, १७ आईसीयू र ३५ जनालाई अक्सिजन सहायता राखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार सुदूरपश्चिमभरि १० जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ५२ पुगेको छ ।
कान्तिपुर दैनिकिबाट
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस