मालपोत र नापी कार्यालयका सेवा स्थगित
कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।
कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको बताए । त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस