मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका छन् ।
जीनामामा मुख्यमन्त्रीले आफू संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएको र धारा १७९, १ को ‘क’ अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका विज्ञप्तिमा जनाइएको छ ।
आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको केही घण्टा अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान प्रदेशप्रमुख समक्ष राजीनामा दिएका थिए ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी ९जसपा०ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूची थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस